Rule 10
विवरण उपलब्ध गराउनु पर्ने
(१) प्रत्येक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेपछि ऐनको दफा १३ को उपदफा (१) मा उल्लिखित अवधिभित्र उद्योग दर्ता गर्ने निकायमा देहायको विवरण, पेश गर्नु पर्नेछ:-

(क) लेखापरीक्षण प्रतिवेदन,

(ख) अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र,

(ग) अनुसूची-१३ बमोजिमको उद्योगको अद्यावधिक विवरण ।

(२) उपनियम (१) बमोजिमको विवरण उद्योग दर्ता गर्ने निकायबाट सञ्चालित विद्युतीय प्रणालीमार्फत समेत पेश गर्न सकिनेछ।

(३) उपनियम (१) बमोजिमको विवरण प्राप्त भएपछि उद्योग दर्ता गर्ने निकायले आफ्नो अभिलेख अद्यावधिक गरी सोको जानकारी सात दिनभित्र सम्बन्धित उद्योगलाई दिनु पर्नेछ।